तनावग्रस्त बनेको झापाको बिर्तामोडको अवस्था सामान्यी बन्दै

<span class='c1'>तनावग्रस्त बनेको झापाको बिर्तामोडको</span> <span class='c2'>अवस्था सामान्यी बन्दै</span>

बालक लक्ष्मण शिवाकोटीको ‘रहस्यमय’ मृत्युबारे छानबिनको माग गर्दै भएको प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु भएपछि तनावग्रस्त बनेको झापाको बिर्तामोडको अवस्था सामान्यी बन्दै गएको छ ।

प्रशासन र आन्दोलनकारीबीच सहमति भएसँगै स्थिति सामान्यतर्फ उन्मूख भएको हो । घटनामा गोली लागी सात जना घाइते भएका छन् । दानावारी इलामका ३५ वर्षीय मणि नेपाली अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिर्तामोडमा दुवैपक्षबीच भएको सहमतिअनुसार प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका नरेश थापामगरको परिवारलाई १० लाख रुपैयाँ दिने, उनकी श्रीमतीलाई अर्जुनधारा नगरपालिकामा जागिर लगाइदिने, ६ महिनाको बच्चालाई नगरपालिकाले निःशुल्क अध्ययनको व्यवस्था मिलाउने छ । बालक मृत्युको घटनामा छानबिन गरेर दोषिलाई अदालतमा मुद्दा दर्ता गर्ने र कारबाही अगाडि बढाउने, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवाललाई कारबाहीको सिफारिस गर्ने र क्षति भएको सार्वजनिक सम्पत्तिको तथ्यांक संकलन गरेर क्षतिपूर्ति दिनेसमेत सहमति भएको जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले जानकारी दिनुभयो ।
कर्फ्युको समयमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि झन् हिंसा भड्कन सक्ने भन्दै प्रशासन कार्यालयले आज पनि कर्फ्यु जारी राखेको थियो । झापाको अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको शंकास्पद मृत्यु र त्यसपछि उत्पन्न परिस्थितिका कारण जिल्ला प्रशासन झापाले हिजो दिउँसो साढे १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्