प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थप

<span class='c1'>प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि</span> <span class='c2'>इलाममा १७ वटा मतदान केन्द्र थप</span>

जिल्लाका १४४ वटा मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिनुभयो । जिल्लामा मतदान केन्द्रको संख्या २६६ पुगेको छ । यसअघि १४४ मतदानस्थल र २४९ मतदान केन्द्र रहेका थिए ।

जिल्लामा चारवटा नगरपालिका र छवटा गाउँपालिका रहेको छ । इलाम नगरपालिकामा चारवटा मतदान केन्द्र थपिएको छ । इलाम नगरपालिकामा अब मतदान केन्द्रको संख्या ४५ पुगेको छ । एक्काइस मतदानस्थल र ४७ वटा मतदान केन्द्र रहेको सूर्योदय नगरपालिकामा एउटा मतदान केन्द्र थपिएको छ भने देउमाई नगरपालिकामा चारवटा मतदान केन्द्र थपिएको छ ।

अठार मतदानस्थल र २७ मतदान केन्द्र रहेको देउमाईमा मतदान केन्द्र ३१ कायम गरिएको छ भने ११ मतदानस्थल र २४ मतदान केन्द्र रहेको माई नगरपालिकामा दुई मतदान केन्द्र थपिएको छ । चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा दुई÷दुई मतदान केन्द्र थपिएको छ । यसअघि चुलाचुलीमा नौ मतदानस्थल र १८ मतदान केन्द्र तथा फाकफोकथुममा १४ मतदानस्थल र १९ मतदान केन्द्र रहेको थियो ।

त्यसैगरी, माङसेबुङ र रोङ गाउँपालिकामा एक÷एकवटा मतदान केन्द्र थप गरिएको छ । माङसेबुङमा १० मतदानस्थल र १६ मतदान केन्द्र तथा रोङमा १३ मतदानस्थल र १९ मतदान केन्द्र रहेका थिए । सन्दकपुर र माईजोगमाईमा केन्द्र थप भएको छैन् । सन्दकपुरमा १३ मतदानस्थल र १८ मतदान केन्द्र तथा माईजोगमाईमा ११ मतदानस्थल र २० मतदान केन्द्र छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि इलाममा दुई लाख चार हजार ४६ मतदाता छन् । जसमध्ये ९९ हजार ३५० महिला, एक लाख चार हजार ६९४ पुरुष र दुई जना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्