आचार संहिता विपरित कांग्रेस सभापति डिकबहादुर लिम्बुद्वारा सोलार बत्ति वितरण

<span class='c1'>आचार संहिता विपरित कांग्रेस सभापति</span> <span class='c2'>डिकबहादुर लिम्बुद्वारा सोलार बत्ति वितरण</span>

नेपाली कांग्रेसका पूर्व सांसद तथा मोरङ सभापति डिकबहादुर लिम्बुले निर्वाचन आचार संहिता विपरित मोरङको मिक्लाजुुङ गाउँपालिका–१ स्थित टाँडीमा सोलार बत्ति वितरण गर्नुभएको छ ।
टाँडी माविमा अध्यनरत कक्षा ९ र १० का ५० जना छात्रछात्राहरुलाई हिजो एक कार्यक्रमको आयोजना गरी सोलारवत्ती वितरण गरिएको हो । नेपाल सरकारको वैकल्पिक उर्जा उज्यालो कार्यक्रमअन्तर्गत आदिवासी, जनजाती, दलित तथा अति विपन्न विद्यार्थीका लागि सोलार वितरण गरिएको हो ।

निर्वाचन आचार संहिता उलंगन गर्दै सो क्षेत्रका पूर्व सांसद तथा नेपाली कांग्रेस मोरङका सभापति डिकवहादुुर लिम्बू, जिल्ला समन्वय समितिका उर्जा अधिकृत ज्ञानेन्द्र सिंह तथा इन्जिनियर प्रकास गुप्ताले संयुुक्त रुपमा विद्यार्थीहरुलाई सोलार वितरण गर्नुुभएको थियो । यता क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले मतदाता आकर्षित हुने गरी कुनै पनि कार्य निर्वाचन आचार संहिता विपरित हुने बताउनुभयो । उहाँले त्यस्तो कार्य गरेको उजुरी परेमा कारवाही गरिने समेत जानकारी दिनुभयो । उता जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेललाई ध्यानाकर्षण गराउँदा यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्