घास काटेर घर फर्कदै गर्दा १४ वर्षीय बालिकालाई बलात्कारको प्रयास

<span class='c1'>घास काटेर घर फर्कदै गर्दा</span> <span class='c2'>१४ वर्षीय बालिकालाई बलात्कारको प्रयास</span>

भोजपुरकी एक १४ वर्षीय बालिकालाई स्थानीय एक युवकले बलत्कारको प्रयास गरेको बालिकाले आरोप लगाएकी छिन् ।
स्थानीय श्रीसरस्वती माविमा अध्ययनरत वर्ष २० का सन्तोष श्रेष्ठले जबरजस्ती करणी गर्न खोज्दै कुटपीट गरेपछि बालिकाको आँखा झिक्ने प्रयास गरेको आरोप लागेको हो । भोजपुरको आम्चोक गाउँपालिका ९ बस्ने दलित समुदायकी बालिका घास काट्ेर घर फर्कदै गरेको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गर्न खोज्दै कुटपिट गरेका थिए ।

बालिकाको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । उपचारका क्रममा प्रतिष्ठानका चिकित्सकहरुले सोधपुछ गर्दा जबरजस्ती करणी गर्न खोज्दा श्रेष्ठले आँखामा चिथोरेको बताएकी थिईन । चिकित्सकले प्रहरीलाई खबर गरे पछि ईलाका प्रहरी कार्यालय धरानले भोजपुर जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराए पछि श्रेष्ठलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्