मोरङ क्षेत्र नं ४ मा एमालेका महेश रेग्मीलाई उम्मेद्वार बनाउन माग

मोरङ क्षेत्र नं ४ मा एमालेका महेश रेग्मीलाई उम्मेद्वार बनाउन माग

विराटनगर कार्तिक १४, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मोरङ्ग क्षेत्र न ४ को सयुक्त बैठक एमाले मोरङ्गका क्षेत्र संयोजक बाबुराम कार्किको अध्यक्षतामा सप्पन्न भएको छ । उक्त बैठकमा माओवादी केन्द्रका क्षेत्र संयोजक बिजय बिश्वासले हालै निर्णय गरिएको मोरङ्ग क्षेत्र न ४ को प्रतिनिधि सभाको उम्मेदवारी चयन प्रती आफ्नो पार्टी सहमत नभएको र गरिएको निर्णय सच्च्याउन दुबै पार्टीको केन्द्रीय कमिटीमा पेस गर्ने प्रस्ताव सर्वसम्मत पास गरेको छ । उनका अनुसार माओवादी केन्द्रले मोरङ्ग क्षेत्र न ४ कुनै हालतमा नलिने र आफ्नो पार्टिको तर्फबाट एमालेका नेता महेश रेग्मिलाइ नै उम्मेदवारी बनाउन पार्टिका नेतालाइ स्थानीय कमिटीले अनुरोध गर्ने बताउनुभयो । उनले एमालेका नेता रेग्मिलाइ प्रतिनिधि सभाको उम्मेदवार बनाउदा मात्र ४ न को प्रदेश पनि सहजै जितिने राय व्यक्त गर्नु भयो । उक्त बैठकले माथिल्लो कमिटीले निर्णय नसच्च्याए परिणाम प्रतिकुल हुनेमा अन्य बक्ताहरुले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्