झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा, कार्तिक १५ , झापाको भद्रपुर नगरपालिका-१० स्थित सतार बस्तीमा मंगलबार हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा भद्रपुर नगरपालिका-९ बस्ने अन्दाजी ३५ बर्षिय दुर्गा बहादुर कट्वाल रहेका छन्। बेलुका ७ बजेतिर चाराली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले किचेर उनी गम्भिर घाइते भएका थिए।

घाइते कट्वालको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्