बैकका कर्मचारी भ्रमणमा लिएर हिडेको माईक्रो दुर्घटना हुँदा १५ जना घाइते

<span class='c1'>बैकका कर्मचारी भ्रमणमा लिएर हिडेको माईक्रो</span> <span class='c2'>दुर्घटना हुँदा १५ जना घाइते</span>

इलाम, कार्तिक १५, इलामको इलाम नगरपालिका-१० गोदकमा मंगलबार काठ्मान्डौबाट बैकका कर्मचारी भ्रमणमा लिएर आएको बा ४ ख ६३५७ नम्बरको माईक्रो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बेलुका ९ बजेतिर गोलाईमा अनियन्त्रित भइ बाटो भन्दा ५० मिटर तल खसी दुर्घटना भएको उक्त माईक्रोमा सवार काठमाण्डौ -७ बस्ने ५२ बर्षिय किशोर खनाल, काठमाण्डौ महानगरपालिका-१५ बस्ने बर्ष ३३ को प्रभाष सिंह,काठमाण्डौ बुढानिलकण्ठ नगरपलालिका-१ बस्ने ४१ बर्षिय बासुदेब भण्डारी, काठमाण्डौ तारा किशोर नगरपालिका-१० बस्ने ४८ बर्षिय ऋषि राम खत्री, काठमाण्डौ चन्द्रागिरी नगरपालिका-१४ बस्ने बर्ष ४१ को अशोक कुमार कार्की, काठमाणडौ कपन-११ बस्ने बर्ष ५३ को मेहर मान गुरुङ, बागेश्वरी मनहरा-१० बस्ने बर्ष ३५ को जुहारीका घोरासैनी, तनहु भिमात -१ बस्ने वर्ष ३८ को नवराज लम्साल,काभ्रे बनेपा-९ बस्ने बर्ष ३९ को बिष्णु मान जैला, काभ्रेपलान्चोक पनौती नगरपालिका-११ बस्ने ४५ बर्षिय बिनोद गिरी, मकवानपुर हेटौडा उपमहानगरपालिका-५ बस्ने ५१ बर्षिय बिनोद कुमार पढासैनी, स्याङ्जा बाग्लुङ नगरपालिका-११ बस्ने वर्ष ३५ को कमल पराजुली, सिन्धुपाल्चोक बेलेथी गाउँपालिका-७ बस्ने बर्ष ५१ को फलक प्रसाद पराजुली र ललितपुर २३ बस्ने बर्ष ५१ को रिदि कुमार जोसी र ईलाम ईलाम नगरपालिका-८ बस्ने २५ बर्षिय जित बहादुर राई घाइते भएका छन्।

घाइते सबैको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरी चौकी तीनघरेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्