इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट

इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट

इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट भएको छ । इटहरी दक्षिण लाइनमा रहेको सुन पसलबाट बन्दुक देखाएर सुन लुटिएको हो । इटहरीको मुख्य बजार क्षेत्रमा रहेको रियल गोल्ड प्यालेसबाट एक व्यक्तिले बन्दुक देखाएर सुनका गहना लुटेर लगेको सञ्चालकले बताएका छन् ।
इटहरी–६ मा रहेको सुन पसलमा सुन खरिद गर्ने भनेर आएका एक युवाले चारवटा सिक्री र एउटा ब्रास्लेट मागेको र हिँड्ने बेलामा बन्दुक देखाएर भागेको सञ्चालक टेकेन्द्र बस्नेतले जानकारी दिए । सुनको सामान लिएर मोटरसाइकलमा चढेर भागेको पसलमा काम गर्ने चिरन पराजुलीले जानकारी दिए । करिब ५ तोलाको सुनको सामाग्री लिएर भागेको पराजुलीले बताए ।

मोटरसाइकलमा आएका ती युवाले कालो चस्मा र हेल्मेट लगाएर आएको प्रत्यक्षदर्शीले बताए । उनले पसल सञ्चालकलाई गोजीबाट पेस्तोल झिकी सुन लिएर भागेको पीडितले बताएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सन्जय राउतले बताए । राउतले लुटेराको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्