“विकास निर्माण र युवाको रोजगार नै आफ्नो पहिलो एजेण्डा” – भगवती चाैधरी

<span class='c1'>“विकास निर्माण र युवाको रोजगार नै</span> <span class='c2'>आफ्नो पहिलो एजेण्डा” – भगवती चाैधरी</span>

कार्तिक १६, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा रोचक भिडन्त हुने भएको छ ।

नेकपा एमालेकाे केन्द्रीय सदस्य भगवती चाैधरी र विजयकुमार गच्छदार बिचको भिडन्त हुने भएपछी रोचक बनेको छयो क्षेत्र । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी पूर्व राज्यमन्त्री समेत भइसकेकी चाैधरीले अाफूलार्इ यस पटक कसैले हराउन नसक्ने बताएकी छिन । यसअघि दोस्रो संविधानसभा निर्वाचनमा झिनो मतले विजयकुमार गच्छदारसँग पराजित भएकी चौधरीले यसपालि आफ्नो जित सुनिश्चित् रहेको दाबी गरेकी हुन् ।

सुनसरीको समृद्धिका लागि विकास निर्माण र युवाको रोजगार नै आफ्नो पहिलो एजेण्डा रहेको बताउँदै नेतृ चौधरीले गच्छदार पैसाको चलखेल गरेर मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाइन् । उनले आफू निर्वाचित भएमा सुनसरीमा ‘एक घर एक रोजगार’को ग्यारेन्टी गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन ।

स्थानीय मतदाताको माया र सहयोगले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै उनले भनिन्,“यसअघिको संविधानसभा निर्वाचनमा मेरो पक्षको मत नियतबस वदर गराएर मलाई हराइएको थियो, यसपालि त्यस्तो हुन नदिन सबै सचेत हुनुपर्छ ।”

सुनसरीको विकास, आर्थिक सवलीकरण, एक घर एक रोजगारको व्यवस्था, प्राविधिक शिक्षालयको स्थापना तथा महिलाको सशक्तिकरण गर्ने लक्ष्य आफ्नो रहेको बताउँदै उनले यसपालि आफूलाई जिताउन मतदाताहरुसँग आग्रह गरिन् ।

यसअघि पराजित चाैधरीकाे प्रमुख प्रतिस्पर्धा गच्छदारसँगै भए पनि गच्छदारले यस क्षेत्रको विकास भन्दा आफ्नो सत्ता स्वार्थमा बढी ध्यान दिने हुनाले यो निर्वाचनमा मतदाताले आफूलाई विजयी बनाउने उनको विश्वास रहेको छ ।

पार्टी सङ्गठन, आफ्नो नेतृत्वको फरवार्ड बैङ्क, महिला समूह, पेशागत सङ्गठन तथा अन्य कमिटीलाई परिचालन गरेर नेतृ चौधरी अहिले मतदाता रिझाउने अभियानमा छिन् । दोस्रो संविधानसभा निर्वाचनमा तीनसय मतको अन्तरले गच्छदारसँग पराजित भएकी एमाले नेतृ चौधरीले यसपालिको वाम गठबन्धन र स्थानीयको माया र सहयोगले आफू भारी मत अन्तरले निर्वाचन जित्ने दाबी गरिन् ।

“यसअघि मैले चुनाव हारेको होइन, मलाई हराइएको हो”, उनले भनिन्, “जालझेलले निर्वाचन जितेर यहाँको विकास सम्भव छैन, म यहाँका जनताको मत र सहयोगले आफ्नो जित सुनिश्चित् गर्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्