इन्धनको मूल्य वृद्धि फिर्ता, चुनावसम्म नबढ्ने

<span class='c1'>इन्धनको मूल्य वृद्धि</span> <span class='c2'>फिर्ता, चुनावसम्म नबढ्ने</span>

 नेपाल आयल निगमले हिजो (बुधबार) बढाएको इन्धनको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बिहान बसेको आकस्मिक बैठकले बढेको मूल्य फिर्ता लिएर पुरानै मूल्यमा इन्धन बेच्ने निर्णय गरेको हो ।

बिहीबार विहान १० बजेदेखि लागू हुनेगरी पुरानै मूल्यकायम भएको छ । अब निर्वाचन अवधिभर इन्धन नबढ्ने निगम स्रोतले जनाएको छ ।

नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ ५० पैसाका दरले मूल्य बढाएको थियो । यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्