सप्तरीमा तीन लाख ४६ हजार मतदाता

<span class='c1'>सप्तरीमा तीन लाख</span> <span class='c2'>४६ हजार मतदाता</span>

राजविराज, रासस । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चारवटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको मतदाता संख्या तीन लाख ३१ हजार ६७९ रहेको थियो । यसको तुलनामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा १४ हजार ५३५ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सप्तरीमा नौ नगरपालिका, नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्