कृष्णप्रसाद सिटौलाको उम्मेदवारी झापा निर्वाचन क्षेत्र नं ३ बाट

<span class='c1'>कृष्णप्रसाद सिटौलाको उम्मेदवारी झापा निर्वाचन</span> <span class='c2'>क्षेत्र नं ३ बाट</span>

भद्रपुर, रासस । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनयन दर्ता गरिरहेका छन् ।

आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराए ।
सोही क्षेत्रको प्रदेश सभाका लागि कांग्रेसबाट क बाट भूमिराज राजवंशी र ख बाट भगिरथ पोदारले उम्मेदवारी दर्ता गराए ।

निर्वाचन क्षेत्र नं ३ बाटै प्रतिनिधि सभाका लागि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । वाम गठबन्धनको तर्फबाट भएको सो उम्मेदवारीसँगै राप्रपाले झापाको कुनै पनि क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएको छैन ।

यसैगरी, सो क्षेत्रबाट प्रदेश सभाका लागि वाम गठबन्धनबाट क बाट वशन्त बानियाँ र ख बाट पूर्णसिंह राजवंशीले उम्मेदवारी दिने भएका छन् । साथै निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् भने सोही क्षेत्रका लागि प्रदेश सभाका लागि क बाट केशव पाण्डे र ख बाट अशोक पोखरेलले उम्मेदवारी दिएका छन् ।

सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट राम कार्की र प्रदेश सभाका लागि क बाट श्रीप्रसाद मैनाली र ख बाट गोपाल बुढाथोकीले उम्मेदवारी दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्