बिराटनगर कार्तिक १७, बिराटनगरका १५ जना युवाहरु बिराटनगर देखि भारत सिलुड़ी सम्मको साइकल यात्राका लागि निस्किएका छन् । "गियर्स एण्ड बियर्स" नाम गरेको समुहबाट उनीहरु साइकल यात्रामा निस्किएका हुन् । साइकल यात्रा स्वास्थ्यको लागि राम्रो हुने मेसेजका साथ उनीहरु साइकल यात्रामा निस्किएको उनीहरुले बताए ।
यस अघि पनि उक्त समुहले साइकललाई प्रमोट गर्न बिभिन्न साइकल यात्रा तथा कार्यक्रम गर्दै आएका छन् ।