बिराटनगर कार्तिक १७ , बिराटनगरका युवा अम्लेश कर्ण बिबेकशील साझा पार्टीबाट उमेद्वार हुने भएका छन् । उनले प्रतिनिधिसभा अन्तर्गत मोरङ क्षेत्र न ४ बाट आफ्नो उमेद्वारी दिएका हुन् । सचेत नागरिक मन्च , पब्लिक फोरम लगायतका सस्थामा सक्रिय कर्ण लगातार उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्दै आएका छन् ।
उनि बिबेकशील साझा पार्टीबाट बिराटनगरबाट एकमात्र उमेद्वार हुन् । उनको भिडन्त नेपाली कांग्रेसबाट महेश आचार्य र बाम गठबन्धनबाट अमनलाल मोदी संग हुनेछ । समग्र युवाको प्रतिनिधिको रुपमा आफु उभिएको उमेद्वार कर्णले बताए ।