झापाको गौरादहमा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने

<span class='c1'>झापाको गौरादहमा यसै वर्षदेखि</span> <span class='c2'>कृषि क्याम्पस सञ्चालनमा आउने</span>

बनियानी, झापा कात्तिक १७ गते । झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो । कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरेको गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

विश्वविद्यालयको टोलीले यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालन गर्ने गरी पहिलो वर्ष ५० जना विद्यार्थी भर्ना लिने तयारीसहित आवश्यक प्रक्रिया अघि बढाएको छ । गौरादहमा कृषि क्याम्पस सञ्चालनका लागि सरकारले रु तीन करोड बजेट विनियोजन गरेको र रु एक करोड विश्वविद्यालयको कृषि शाखा मातहतमा आएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

कृषि क्याम्पस सञ्चालन हुने भएपछि स्थानीय किसान र विद्यार्थी उत्साहित भएका छन् । यहाँ कृषिका लागि प्रचुर सम्भावना भएपनि औपचारिक अध्ययन गर्ने शैक्षिक संस्था नहुँदा दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । कृषि क्याम्पस सञ्चालनमा आएपछि गौरादह कृषि क्षेत्रको अध्ययन र अनुसन्धानका लागि उपयुक्त स्थान बन्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्