मोरङका यी नेता जसलाई एमाले पार्टीले कहिल्यै अबसर नै दिएन !!

<span class='c1'>मोरङका यी नेता जसलाई एमाले पार्टीले</span> <span class='c2'>कहिल्यै अबसर नै दिएन !!</span>

नरेन्द्र बस्नेत 
बेलबारी । मोरङको बेलबारी ३ का दिलप्रसाद राई (डिपी) जिल्लामा नेकपा एमाले भित्र इमान्दार र स्वच्छ छविका नेताका रुपमा परिचित छन । उनी लामो समयदेखि बेलबारीमा रहेको गोदावरी इग्लिस स्कुलका प्रिन्सिपलका रुपमा कार्यरत रहेका छन भने पार्टीमा एकपटक जिल्ला उपाध्यक्ष र पटक पटक बिभिन्न तहमा रहेर काम गार्दै आएका छन ।
उनीभन्दा तल्लो तहमा रहेर काम गरेका थुप्रै पार्टीका ब्यत्तिहरुले आर्थिक हैसियत मात्र सुधारेनन् पटक पटक राम्रा अबसर हरुसमेत सदुपयोग गरे । उनले न त कुनै ठाँउमा टिकट पाए न त कुनै अबसर नै पाए । अरुबेला अन्याय भएपनि प्रदेशसभाको निर्बाचनमा चाँहि उनीमाथी अन्याय नहोला,पार्टीले उनलाई न्याय गर्ला भन्ने सोचेको पार्टीका नेता कार्यकर्तामात्र हैन उनका शुभचिन्तक त्यतिबेला जिल्ल भए जतिबेला उनलाई बाईपास गरेर अर्कैलाई पार्टीले उम्मेदवार बनायो ।
पहिलो संबिधानसभा निर्बाचनमा उनको गाँईगुई उम्मेदवार बन्ने हल्ला भयो । दोस्रो संबिधानसभा निर्बाचनमा त उनी उम्मेदवारको प्रबल दाबेदारका रुपमा चर्चामा आए तर उनी त्याँहा पनि चुके । २० बर्षपछि भएको स्थानीय निर्बाचनमा उनको टिकट पक्का जस्तै भएपनि अन्तिम समयमा उनलाई बाईपास गरियो र अर्कैलाई उम्मेदवार बनाईयो । त्यसपछि प्रदेशसभामा आँकाक्षी रहेका राईमाथि फेरी अन्याय भयो । उनलाई यो पटक पनि उम्मेदवार बन्नबाट बञ्चित गरियो ।

उनले टिकट नपाएपछि के भयो ?
पटक पटक उनलाई अबसरबाट बञ्चित गरिएपछि बुधबार नेकपा एमाले बेलबारी नगरकमिटिको कार्यलयमा युवासंघ र लोकतान्त्रिक जनजाति आदिबासी महासंघ जिल्ला कमिटि मोरङले तालाबन्दी नै गरे । इमान्दार र आदिबासी जनजाति भएकै कारण उनले टिकट नपाएको र उनले टिकट नपाए तालाबन्दी नखोल्ने बताईएपनि उनको नाममा कुनै पुर्नबिचार भएन । उनले बागी उम्मेदवारी दिने बताईएपनि उनी मनोनयन दर्ता गर्न समेत गएनन । उनको सट्टामा राजकुमार ओझालाई एमालेले मोरङ क्षेत्र नम्बर ३ (ख) मा उम्मेदवार उठाएको छ । उनले मनोनयन दर्ता समेत गरेका छन ।

किन भयोे उनीमाथी पटक पटक घात ?
एकाथरी एमालेका कार्यकर्ता उनी आदिबासी जनजाति भएकै कारण टिकट नपाएको बताउँछन भने अर्कोथरी उनी इमान्दार भएको र चाप्लुसी गर्न नजानेकै कारण टिकट नपाएको बताउँछन । ओली पक्षका मानिने राई बेलबारीमा इमान्दार र स्वच्छ छविका नेताका रुपमा परिचित छन । उनको इमान्दारिताको फाईदा उठाउँदै उनलाई बाईपास गर्ने गरिएको उनका निकटहरु बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्