इलाममा ५२ जनाको उम्मेदवारी

इलाममा ५२ जनाको उम्मेदवारी

आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि इलाममा विभिन्न दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि र प्रदेशसभामा गरी जम्मा ५२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभामा महिलाको उम्मेदवार शुन्य रहेको छ भने प्रदेशसभामा दुई जना महिलाले उम्मेद्धारी दर्ता गराएका छन् । प्रदेशसभामा क्षेत्र नम्बर २ को (क) बाट एमालेका खिनु लङवा र संघीय समाजवादी फोरमबाट लासाङ तामाङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेशसभा कुनैमा पनि महिलासहित दलित र अल्पसङख्य समुदायबाट उम्मेदवार नभएको पाइएको छ । क्षेत्र नम्बर १ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नम्बर २ मा २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्