उम्मेदवारी फिर्ता नगरेको भन्दै भोजपुरमा विप्लव नेतृत्वको नेकपाद्वारा उम्मेदवारको घर कब्जा

उम्मेदवारी फिर्ता नगरेको भन्दै भोजपुरमा विप्लव नेतृत्वको नेकपाद्वारा उम्मेदवारको घर कब्जा

भोजपुरबाट प्रदेशसभा सदस्यको उम्मेदवारी दिएका  गोविन्दवहादुर कार्कीको घर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले कब्जा गरेको छ । उम्मेदवारी फिर्ता नगरेको नेकपाले घर कब्जा गरेको हो ।

नेकपाले एक विज्ञप्ती जारी गर्दै पटक पटक उम्मेदवारी तिर्फा गर्न अनुरोध गर्दा समेत नमानेकाले कार्कीकोे घर कब्जा गरेको जनाएको छ । भोजपुरबाट प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीको घर भोजपुर नगरपालिका–१२ टक्सारमा पर्छ ।

कार्कीले प्रदेशसभा चुनावमा कांग्रेसकोतर्फबाट भोजपुर (ख) बाट प्रत्यक्षमा उमेदवारी दिनुभएको छ । यस विषयमा जानकारी लिदा उम्मेदवार कार्कीले आफलाई जानकारी नआएको बताउनुभयो ।

जिल्लामा रहेका अन्य उम्मेदवारको घर समेत कब्जा गर्ने योजना रहेको माओवादीका जिल्ला सेक्रेटरी मादेन किरातीले बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालयले भने घर कव्जा नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्