तेस्रोलिंगी पिंकी गुरुङ समानुपातिक सूचीमा

<span class='c1'>तेस्रोलिंगी पिंकी गुरुङ</span> <span class='c2'>समानुपातिक सूचीमा</span>

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले तेस्रालिंगी पिंकी गुरुङलाई  समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । नयाँ शक्तिले  निर्वाचन आयोगमा पठाएको सूचीमा गुरुङको नाम ६ नम्बरमा छ ।

आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीमा गुरुङको नाम ३ हजार ४७४ नम्बरमा रहेको छ । नयाँ शक्ति नेपालले ३२९ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ । गुरुङको नागरिकताको नाम सञ्जिव गुरुङ हो ।

पार्टी गठनको सूरू देखि नै नयाँ शक्तिमा सक्रिय रहेकी गुरुङ केन्द्रीय परिषद सदस्य पनि हुन् । अन्य कुनै पनि दलले तेस्रोलिंगीलाई उमेदवार बनाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्