बिराटनगरमा “की युजेज अफ होमियो रिमेडिज” पुस्तकको विमोचन

<span class='c1'>बिराटनगरमा “की युजेज अफ</span> <span class='c2'>होमियो रिमेडिज” पुस्तकको विमोचन</span>

विराटनगर, १८ कार्तिक । लेखक योगेन्द्र दाहालद्वारा लिखित की युजेज अफ होमियो रिमेडिज पुस्तक आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ ।

चेतना संरक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुस्तकको विमोचन गरेका थिए । पुस्तकमा होमियो प्याथिक सम्बन्धी विषयहरु समेटिएको छ । विमोचित पुस्तकका विषयमा साहित्यकार हरि कट्टेल,नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. रविन्द्र राय, संघका केन्द्रीय सदस्य डा. कुमार सौरभ झा र अखिल नेपाल होमीयो एसोसीयसनका केन्द्रीय उपाध्यक्ष डा. खगेन्द्र कटवालले पुस्तकका विषयमा चर्चा गरेका थिए ।

त्यस्तै प्राज्ञ खेम नेपाली, प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, सचिव उमेश दाहाल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सो कार्यक्रममा बोल्दै समाजसेवी देवकृण मुन्डदाले नगरपालीकाले जग्गा उपलब्ध गराए विराटनगरमा होमीयो अस्पताल बनादिने घोषण गरे लगतै विराटनगर महानगरपालीकाका प्रमुख पराजुलीले विराटनगरमा होमियो प्याथिक हस्पिटल निर्माण गर्नका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्