झापाका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याका आरोपी जेल चलान

<span class='c1'>झापाका ११ वर्षीय बालक लक्ष्मण</span> <span class='c2'>शिवाकोटीको हत्याका आरोपी जेल चलान</span>

बनियानी, झापा (रासस) । झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

असोज १४ गते मृत अवस्थामा फेला परेका शिवाकोटीको हत्या गरिएको पीडित परिवारको आरोप छ । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ । हत्या आरोपित अन्य पाँच जना फरार रहेका र उनीहरुको खोजी जारी रहेको प्रहरी उपरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्