नयाँ व्यवस्थापनमा सञ्चालन भएको बिराटनगरको इडेनबर्ग कलेजमा अभिमुखीकरण

नयाँ व्यवस्थापनमा सञ्चालन भएको बिराटनगरको इडेनबर्ग कलेजमा अभिमुखीकरण

बिराटनगर कार्तिक १९ , नयाँ व्यवस्थापनमा सञ्चालन भएको विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

कलेजले विविएस तथा विएडका प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई  विराटनगरमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्दै कलेजको बारैमा जानकारी गराएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी डिग्री कलेजका नेपाली विभागका प्रमुख टुनराज भट्टराई, कलेजका क्याम्पस प्रमुख दिनेस पण्डित,सञ्चालकहरु  भुवन नेपाल,शंकर काफ्ले,भवानी शंकर भट्टराई र कलेजका पूर्व सस्थापक नारायण दाहालले  भर्ना भएका दुई सय विद्यार्थीलाई कलेजको बारैमा जानकारी गराएका थिए । कलेज व्यवस्थापन समितीका अध्यक्ष विष्णु दाहालको सभापतीत्वमा भएको कार्यक्रममा विराटनगरका स्थानिय हास्यकलाकार तुलसी घिमिरेले उपस्थीत सवैलाई मनोरञ्जन प्रदान गरेका थिए । साथै कलेजमा अध्ययनरत दोस्रो र तेस्रो वर्षका विद्यार्थीले नवँ आगन्तुक विद्यार्थीलाई नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्