दमकमा पुस २७ गतेदेखि दमक महोत्सव–२०७४ हुने

<span class='c1'>दमकमा पुस २७ गतेदेखि</span> <span class='c2'> दमक महोत्सव–२०७४ हुने</span>

दमक,  कातिक १९ गते ।  झापाको दमकमा आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म चौँथो दमक महोत्सव–२०७४ को आयोजना हुने भएको छ । दमक उद्योग वाणिज्य संघले निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले गरिन लागेको सो महोत्सवमा स्थानीय उत्पादन, खानाका परिकार, आधुनिक प्रविधिसहित लोक संस्कृतिको प्रदर्शनी हुनेछ ।

संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाईंले महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न दमक क्षेत्रमा रहेका संघसंस्था, व्यवसायी, प्रशासनसँग छलफल गरी तयार अघि बढाइएको जानकारी दिनुभयो ।

संघले यसअघि पनि २०६२, २०६५ र २०६६ सालमा गरी तीनवटा यस्ता महोत्सव सम्पन्न गरिसकेको छ । महोत्सव दमक–७ स्थित रतुवा खोलाको किनारमा सञ्चालन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्