मोरङको क्षेत्र नम्बर ३ मा एमालेका बागीले आफ्नो उम्मेदवारी फिर्ता लिए

<span class='c1'>मोरङको क्षेत्र नम्बर ३ मा एमालेका</span> <span class='c2'>बागीले आफ्नो उम्मेदवारी फिर्ता लिए</span>

वाम गठबन्धनका तर्फबाट एमाले नेता भानुभक्त ढकालले उम्मेदवारी दिएको मोरङको क्षेत्र नम्बर ३ मा एमालेका बागीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

 

वामपन्थी गठबन्धनका उम्मेदवार ढकाललाई सहयोग गर्ने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेको केरौन गाविसका पूर्वअध्यक्ष एवं एमालेका नेता भेषनाथ रिजालले बताए । साथै एमालेका पूर्वजिल्ला उपाध्यक्ष डीपी राईले प्रदेशसभामा दिएको बागी उम्मेदवारी फिर्ता लिएका छन् ।दुबै बागीहरुलाई पार्टी अध्यक्ष केपी ओलीले यथोचित सम्मान गरिने प्रतिवद्धता व्यक्त गरेपछि उम्मेदवारी फिर्ता लिएको एमाले स्रोतले बतायो ।

मोरङको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका प्राुख सचेतक भानुभक्त ढकालले प्रतिनिधिसभातर्फ टिकट पाएका छन् भने कांग्रेसबाट मेडिकल सञ्चालक सुनील शर्माले उम्मेदवारी दिएका छन् । (अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्