भोजपुरमा छिमेकीको गोरु मारेपछि गौ हत्याको आरोपमा तीन जना युवक पक्राउ

<span class='c1'>भोजपुरमा छिमेकीको गोरु मारेपछि गौ हत्याको</span> <span class='c2'>आरोपमा तीन जना युवक पक्राउ</span>

भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिका–८, गोगनेमा छिमेकीको गोरु मारेपछि प्रहरीले गौ हत्याको आरोपमा तीन जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय २२ बर्षिय भिम विष्ट, २१ वर्षीय विकास तामाङ र १९ वर्षीय खगेन्द्र विष्ट रहेका छन् ।उनीहरुले गत असोज २३ गते राति स्थानीय छत्रबहादुर विष्टको गोठमा रहेको एक हल गोरुलाई बञ्चरो लगायत धारिलो हतियार प्रयोग गरी मारेपछि विष्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीपछि शनिबार ती आरोपीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, भोजपुर ल्याएको थियो ।

गौ हत्याको आरोपमा पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्