कुल उमेद्वारमा एक प्रतिशत पनि छैनन् महिला उमेद्वार !!

कुल उमेद्वारमा एक प्रतिशत पनि छैनन् महिला उमेद्वार !!

काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५ हजार १४८ जना प्रतिस्पर्धामा उत्रने भएका छन् ।

जसमध्ये १६५ क्षेत्र रहेको प्रतिनिधिसभामा १ हजार ९४५ तथा ३३० पदका लागि हुने प्रदेशसभा निर्वाचनका लागि ३ हजार २०३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २८२ जनाको उमेदवारी परेको थियो भने प्रदेशसभा तर्फ ४२० जना मैदानमा उत्रिएका छन् ।

त्यस्तै दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लाका १२८ प्रतिनिधिसभाका लागि १ हजार ६६३ तथा प्रदेशसभाका लागि २ हजार ७८३ जनाको उमेदवारी परेको छ ।

तथ्यांकअनुसार प्रत्यक्षतर्फ महिलाको उमेदवारी निकै कम परेको छ । प्रतिनिधिसभामा पहिलो चरणमा १६ र दोस्रो चरणमा १३० जना गरी जम्मा १४६ जनको उमेदवारी परेको छ ।

त्यसैगरी प्रदेशसभामा पहिलो चरणमा २० तथा दोस्रो चरणमा २१७ गरी जम्मा २३७ जनाको उमेदवारी परेको छ । यता समानुपातिकमा आयोगका सूची बुझाएका ४९ दलका ६ हजार ९४ उमेदवारको नाम सार्वजनिक भइसकेको छ ।

समानुपातिक तर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभाका लागि २२० जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

संविधानअनुसार केन्द्रमा ३३ प्रतिशत र प्रदेशमा ४० प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने भएकाले समानुपातिकमा भने ५० प्रतिशत नै महिला उमेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्