विराटनगरलाई प्रादेशिक राजधानी बनाउँछु : आचार्य

<span class='c1'>विराटनगरलाई प्रादेशिक राजधानी</span> <span class='c2'>बनाउँछु : आचार्य</span>

विराटनगर, रासस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली कांग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस् रणनीतिका साथ नेपाली कांग्रेस निर्वाचनमा होमिएको स्पष्ट पारे ।

मोरङ क्षेत्र नं–४ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका नेता आचार्यले प्रादेशिक राजधानी विराटनगरलाई बनाउने साझा संकल्पका साथ अगाडि बढ्ने उल्लेख गरे । केन्द्रीय सदस्य आचार्यले सोअनुरुप विराटनगरको पूर्वाधार निर्माणका लागि सुहाउँदो सडक सञ्जाल, पाँच वर्षमा रंगशालाको पूर्णता दिने, सभागृह निर्माण, अस्पतालमा सुधारका साथै चीनसम्म सडक विस्तारका लागि विराटनगर–किमाथान्का सडक निर्माणमा जोड दिने बताए ।

अर्का केन्दीय सदस्य एवं मोरङ क्षेत्र नंं–२ का उमेदवार मीनेन्द्र रिजालले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसको नेतृत्वमा समृृद्धि र अभियान’ मूलनाराका साथ कांग्रेस निर्वाचनमा होमिएको प्रशंग उल्लेख गर्दै मोरङको क्षेत्र नं–२ लाई राष्ट्रिय पहिचानको क्षेत्र बनाउने उद्घोष गरे । मधेशी, पहाडी र जनजातिलाई जोड्ने पार्टीको रुपमा नेपाली कांग्रेस रहेको भन्दै उनले मधेशीलाई विदेशी देख्ने राष्ट्रवादलाई रोक्नुपर्ने विषयमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं १ का उम्मेदवार एवं पार्टी सभापति डिगबहादुर लिम्बू, क्षेत्र नं ३ का उम्मेदवार सुनील शर्माले नेपाली कांग्रेसद्वारा नै मुलुकको समृृद्धि हुने उल्लेख गर्दै मोरङमा स्वास्थ्य, शिक्षा, सुकुम्बासी, नदी नियन्त्रणलगायतका समस्याको समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्