नोवेल अस्पताल बिराटनगरमा निःशुल्क उपचार पाएपछि बिरामीहरु हर्षित

<span class='c1'>नोवेल अस्पताल बिराटनगरमा निःशुल्क</span> <span class='c2'>उपचार पाएपछि बिरामीहरु हर्षित</span>

कात्तिक २०, मोरङ । मोरङको सुन्दरहरैचा त्रिवेणीचौककी मंगला विश्वकर्मालाई पेट दुख्ने समस्याले सताएको एक वर्ष भन्दा बढी भयो । ऐलानी जग्गामा बसोबास गर्ने विश्वकर्मा परिवारलाई उपचारमा आर्थिक अभाव हुनु स्वभाविक हो ।

५/६ वर्ष अघिदेखि यस्तो समस्या भोग्दै आएकी मंगला केही दिन अघि गाउँमा मोरङको क्षोत्र नं ३ विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा जचाउन गइन् । त्यहाँ आएका चिकित्सकहरुले पेटको अप्रेशन गर्नु भन्दै नोवेल हस्पिटलमै आउने सल्लाह दिए । उपचारको लागि मंगला नोवेलमा गईन् । उनलाई डर थियो ‘कति पैसा लाग्ने हो ।’ तर, उपचार शूरु भए पछि थाहा भयो नोवेलले आफ्नो निःशुल्क उपचार गर्ने रहेछ भनेर ।

उपचार त हुने भयो अव औषधीको पैसा त तिर्नै पर्यो । नोवेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई उनका आफन्तले भेटेर आर्थिक अवस्था कमजोर रहेको कुरा राखे । डा. शर्माले सोधी खोजी गर्दा उनको आर्थिक अवस्था साँच्चै कमजोर भएको पत्ता लगाए पछि उनलाई लाग्ने औषधीको समेत व्यवस्था गरिदिए । ‘खाना खाएको बाहेक कुनै पैसा तिर्न परेको छैन’ पेटको अप्रेशन गरी नोवेल हस्पिटलको वेडमा आराम गरिरहेकी मंगलाले भनिन् ‘हामी जस्तो गरिवलाई निःशुल्क उपचार गरेर नोवेलले ठूलो गुन लगायो ।’

मोरङकै पथरी शनिश्चरे ४ किर्तिपुरकी ५० वर्षीया मनमाया थापा मगरले पाठेघर झरेका कारण लामो समयदेखि पिडा सहँदै आएकी थिइन् । गत कात्र्तिक ८ गते गाउँमा नोवेलको शिविर गएको बेलामा उनले डाक्टरलाई देखाइन् । उनको पनि अप्रेशन गर्नु पर्ने भयो । खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएको मगर परिवारलाई पनि नोवेलले निःशुल्क उपचार गरेको छ । ‘औषधीको पैसा बाहेक केही तिर्नु नपर्ने भनेका छन्’ श्रीमतीलाई अप्रेसन गराउने तयारी गर्दै गर्दा भेटिएका श्रीमान् डिल्लीमान थापा मगरले भने ‘हामी पैसा नहुेनेले निःशुल्क उपचार पाउनु ठूलो कुरा हो ।’

पथरी–१ शिखरचौकका कृष्ण रसाईली घरमै काम गर्ने क्रममा लडे । उनको दाइने हातको पाताको हड्डी फुटेको एक्सरेबाट देखियो । पटरीकै स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए । तर, उनको उपचार त्यहाँ सम्भव थिएन । त्यस पछि उनी नोवेल मेडिकलमा आए । त्यहाँ आएपछि आफ्नो समस्याबारे नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. शर्मालाई समस्याको बारेमा जानकारी गराएपछि कृष्णलाई पनि शर्माले निःशुल्क उपचार गरिदिए ।

कोशी हरैचा–१० का कृष्णनन्द पुरीको ढाड दुख्ने समस्या झण्डै एक वर्ष अघिदेखि थियो । अहिले उनको पनि नोवेलमा निःशुल्क उपचार भई रहेको छ । नोवेल हस्पिटलमा यसरी निःशुल्क उपचार गराई रहेका विरामीको संख्या प्रसस्तै छ । वेलवारी ४ त्रिवेणी चौकका २५ वर्षीय सुदिप राई हुन् वा पथरी शनिश्चरे ११ का २८ वर्षीय अनिल नेपाली हुन् ।

मोरङको इटहराकी ५० वर्षीया शिला लिम्बूको पनि पाठेघरमा मासु पलाएर लामो समयदेखि पिडा खेप्दै आएकी थिइन् । उनको पनि नोवेलमा विना पैसा अप्रेशन भयो । अहिले उनी घरमा आराम गरेर बसेकी छिन् । छोरा सुमन लिम्बूका अनुसार आमाको उपचारको लागि डेढ वर्ष अघिदेखि काठमाडौंको हिमाल हस्पिटल सम्म पु¥याइयो । धेरै औषधी पनि खुवाइयो । तर, रोग निको भएन । ‘यस्तो समस्याको समाधान पनि नोवेलले अत्याधुनिक प्रविधीमार्फत मान्छेलाई ठूलो असर नगर्ने गरी गर्दोरहेछ’ सुमनले भने ‘त्यो पनि निःशुल्क, अब ठूला रोगको उपचारको लागि पनि टाढा जानु नपर्ने भयो ।’

आर्थिक अवस्था विपन्न रहेका थुप्रै विरामीलाई मोरङको क्षोत्र नं ३ स्थित निजी लगानीमा स्थापना भएको नोवेल मेडिकल कलेजले निःशुल्क उपचार गराउँदै आएको छ । ‘पूर्वमै यति ठूलो अस्पताल सञ्चालन गरिरहँदा आर्थिक अभाव हुनेहरुले पनि उपचार पाउनु पर्छ भन्ने मेरो मान्यता छ’, नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल शर्माले भने– ‘यस्तो सुविधा नोवेलमा निरन्तर पाउने व्यवस्था मिलाउँदैछु ।’

नोवेलमा विशेषज्ञता हासिल गरेका चिकित्सकबाट सेवा प्रदान गर्दै आएको हस्पिटलले जनाएको छ । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा मुटु रोग, मृगौला रोग, नशा रोग, जनरल मेडिसिन, जनरल सर्जरी, नचिरी प्वाल पारेर गरिने शल्यक्रिया (ल्यापारोस्कोपिक सर्जरी), मुत्र प्रणाली सम्वन्धी शल्यक्रिया (यूरोलोजी सर्जरी, बालरोग, प्रसुती तथा स्त्री रोग, हाड जोर्नी, नाक कान घाँटी, आँखा रोग, मानसिक रोग, छाला तथा यौन रोग, दन्त रोग लगायतका रोगहरुको विशेषज्ञ चिकित्सकहरु सेवा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपलब्ध छ ।

त्यस बाहेक नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नागरिक कार्यक्रम अन्तरगत विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा एक लाख रुपैयाँ छुट सहितको उपचार सेवाबाट सेवा लिनेको संख्या पनि दिनानुदिन बढ्दो छ । जसबाट पूर्वका विरामीले जटिल रोगको उपचार पनि कम शुल्कमा पाउँदै आएका छन् । स्थापनादेखि नै ओपिडी सेवा निःशुल्क प्रदान गर्दै आएको विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको हस्पिटलका प्रशासकीय अधिकृत दिपेश राईले बताए ।

यसै गरी गरिव तथा विपन्नलाई ध्यानमा राखी नेपाल सरकारको सहयोगमा सेवामा सात प्रकारको रोगको उपचारमा एक लाख रुपैयाँ छुट सहित उपचार पनि हुने गरेको छ । प्रसुति र डाइलासिसमा पूर्ण निःशुल्क उपचार हुने गरेको छ । त्यसै पनि विरामीको चाप रहने नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा आर्थिक सहायताका सेवा सुविधा प्राप्त गरे पछि पूर्वका आर्थिक कमजोर भएका तथा विपन्न मानिसहरुले उचित उपचार पाउँदै आएका छन् । नोवेलमा विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तरगत मृगौलाको निःशुल्क डाइलासिस हुन्छ भने मुटु तथा टाउको र न्यूरो सम्वन्धी समस्या भएका विरामीको उपचारमा पनि एक लाख रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । यस्तै दुर्घटनामा टाउको तथा ढाडको शल्यक्रिया गर्नु परे पनि नोवेलमा एक लाख रुपैयाँसम्म निःशुल्क उपचार हुन्छ । मान्छे काम्ने रोग, विर्सिने रोग अर्थात् अल्जाइमर रोगको पनि एक लाख रुपैयाँसम्म निःशुल्क उपचार हुने गरेको छ ।

यता आमा सुरक्षा कार्यक्रम अन्तरगत यहाँ गर्भवती महिलाले चाँच गराउँदा र डेलीभरी केसमा कुनै शुल्क लाग्दैन र औषधी समेत निःशुल्क पाइने हस्पिटलले जनाएको छ । न्यूरो सम्वन्धी विशेषज्ञता हासिल गरेका डा. आइप चेयिरनको नेतृत्वमा न्यूरो सम्वन्धी सेवा प्रदान गरिदै आएको नोवेलमा मुटुरोग विशेषज्ञ डा. राजेश नेपालको टीमले छुट्टै न्यूरो तथा मुटु रोग विभाग नै स्थापना गरेर विशेषज्ञ सेवा दिदै आएको छ । त्यसका साथै अत्याधुनिक सिटिस्क्यान र एमआरआई सहितको सेवा पनि दिइदै आएको छ । हस्पिटल सञ्चालक डा. शर्माको प्रयासमा जटिल भन्दा जटिल जस्तै मुटु सहित अन्य रोगको एक लाख रुपैयाँसम्मको विना शुल्क उपचार पाउनुले पूर्वका विरामीलाई सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्