सिन्धुलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

<span class='c1'>सिन्धुलीमा जीप दुर्घटनामा मृत्यु</span> <span class='c2'>हुनेको संख्या ४ पुग्यो</span>

२० कात्तिक, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ४ मा गएराति भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सिन्धुलीको खुर्कोटबाट खाङसाङतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको जीप गएराति ९ बजे सडकबाट करिब १ सय मिटर तल खेतमा खसेको थियो ।

दुर्घटनामा फिक्कल गाउँपालिका–४ का अन्दाजी ४० वर्षीय अम्बरबहादुर दर्लामी, सोही ठाउँकै रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते एकजनाको काठमाडौंमा र अन्यको खुर्कोटमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्