निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज

<span class='c1'>निर्वाचनको मुखमा तराई मधेसका बाढी</span> <span class='c2'>प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज</span>

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ ।

 

साउन महिनामा आएको बाढी र पहिरोले तराई मधेसको अधिकांश बस्ती डुबानमा परेको थियो भने ठूलो जनधनको क्षति भएको थियो । त्यसको तीन महिनापछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, ‘बाढी पीडितका लागि विशेष राहत प्याकेजको तयारी गर्न अर्थ मन्त्रालयलाई जिम्मा दिइएको छ । यो प्याकेज एक-दुई दिनमा सार्वजनिक हुन्छ ।’

सरकारले रक्षा सचिवमा विनोद केसीको सरुवा गरेको छ भने मलेसियाको राजदूतमा निरन्जनमान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म यथावत राख्ने निर्णय पनि गरेको छ ।

यसैगरी मन्त्रिपरिषद बैठकले अमेरिकाले ग्रामिण कृषि सडक निर्माणका लागि दिने एक सय मिलियन डलर सहयोग लिने विषयमा सहयोग गर्न वार्ता समिति गठन गरिएको छ । १६ जिल्लामा रहेको ३८८ किलोमिटर लामो ग्रामिण कृषि सडक निर्माण गर्न अमेरिकाले एक सय मिलियन डलर सहयोग दिने प्रस्ताव गरेको छ ।(अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्