मतदातालाई प्रभावित पार्नेगरी विभिन्न गतिविधि गरेको भन्दै शुनिल शर्मा विरुद्ध उजुरी

मतदातालाई प्रभावित पार्नेगरी विभिन्न गतिविधि गरेको भन्दै शुनिल शर्मा विरुद्ध उजुरी

निर्वाचनको मुखमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का उमेद्वार  शुनिल शर्माले मतदातालाई प्रभावित पार्नेगरी विभिन्न गतिविधि गरेको भन्दै क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उनीविरुद्ध उजुरी परेको छ । मतदातालाई आकर्षित पार्न मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचन आचरसंहिता विपरित उनले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको भन्दै कानेपोखरी गाउँपालिका—५ का अध्यक्ष चरण गुरुङले उजुरी दिएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले पनि शर्माविरुद्ध उजुरी आएको बताए । उनका अनुसार आचारसंहिता उल्लंघन गरेको भन्दै परेको उजुरी निर्वाचन आयोगमा पठाइएको छ । ‘भोली शनिबार पनि निर्वाचन क्षेत्रमा नोवेलले स्वास्थ्य शिवर राख्दैछ ।’ सञ्जेलले भने, ‘हामीले नोवेलसँग स्पष्टिकरण सोधेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्