इलाममा चितुवा आतंक , स्थानिय बासिन्दा त्रसित

इलाममा चितुवा आतंक , स्थानिय बासिन्दा त्रसित

इलाममा गएको चार दिनदेखि चितुवाले खोरभित्रकै बाख्रा खाइदिन थालेपछि स्थानिय बासिन्दा त्रसित भएका छन् । चितुवा आतङ्कका कारण जिल्लाका सूर्याेदय नगरपालिका १४ र माइनगरपालिका ५ स्थित लक्ष्मीपुरका बासिन्दा त्रसित भएका हुन् । यस क्षेत्रका १६ घरपरिवारको खसीबाख्रा मारेर चितुवाले खाएको स्थानीय बासिन्दा दुर्गा पोख्रेलले जानकारी दिनुभयो । निरन्तर रातको समयमा चितुवाले खोरभित्रै पसेर बाख्रा मारेर खान थालेको छ ।  चितुवा आतङ्क बढेपछि स्थानीय बासिन्दा समूह–समूह बनाएर रातभर बाख्रा खोर कुरेर बस्न बाध्य भएको उनीहरुको गुनासो छ ।

इलामका रेसबहादुर राई, एवेन्द्र जवेगु, कुमारी बस्नेत, बबिता तामाङ, दिलबहादुर रानामगर लगायतको बाख्रा खोरबाटै चितुवाले आक्रमण गरेर खाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्