सुन्दर-हरैचाबाट १ किलो गाँजासहित ३ जना पक्राउ

सुन्दर-हरैचाबाट १ किलो गाँजासहित ३ जना पक्राउ

मोरङ, कार्तिक २६, सुन्दर-हरैचा नगरपालिका ११ मा प्रहरीले शनिबार दिउँसो १ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले सोही नगरपालिका बस्ने ५५ बर्षिय शुबु ठाकुर, ३० बर्षिय जनक बि.क. र ईटहरी २ बस्ने २३ बर्षिय सफल राईलाई पक्राउ गरेको हो। उनीहरुलाई लागूऔषध गाँजा बिक्रि बितरण गरिरहेको अबस्थामा फेला पारी बरामद गरेको हो। उनीहरुउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्