बिराटनगरको नेशनल किड्नी हस्पिटलले निःशुल्क सुगर जाँच गर्ने

बिराटनगरको नेशनल किड्नी हस्पिटलले निःशुल्क सुगर जाँच गर्ने

विराटनगर, २७ कार्तिक÷उमेर ढल्कदै गर्दा वा मोटोपन बढ्दै गर्दा चिनीरोगले सताउने गर्छ । विशेषगरी खानपीनमा ध्यान नदिने र शारीरिक व्यायमको अभ्यास नभएकै कारण अधिकांश व्यक्तिलाई बयस्क उमेरदेखि नै चिनीरोगले सताउने गरेको पाइन्छ । यसै विषयलाई मध्यनजर गर्दै नेशनल किड्नी हस्पिटलले निःशुल्क चिनीरोग परीक्षको अवसर दिएको छ । अर्थात सुगर जाँच गर्न चाहने व्यक्तिका लागि कार्तिक २८ र २९ गते त्यस हस्पिटलले निःशुल्क परीक्षण गर्ने जनाएको छ । बिरामीले खाना खानु अघि र खाना खाएपछि आफ्नो शरीरमा भएको सुगरको मात्रालाई निःशुल्क जाँच गर्न सक्नेछन् ।
विश्व मधुमेह दिवसको अवसरमा विराटनगर २ स्थित नेशनल किड्नी हस्पिटल प्रा.लि.ले निःशुल्क चिनीरोग परीक्षण कार्यक्रम आयोजना गरेको हो । लायन्स क्लब अफ विराटनगर शुभम र किड्नी हस्पिटलले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा चिनीरोग (सुगर) परीक्षण गर्न कुनै शुल्क लाग्ने छैन भने ११ सय पर्ने किड्नी (मृगौला)को सम्पूर्ण जाँच मात्र रु ३ सय ५० मा गरिने जनाइएको छ । साथै उक्त अवसरमा बिरामी जाँच गराउन जाँदा हस्पिटलमा ओपिडी खर्च नलाग्नेसमेत जनाइएको छ ।
शरीरको महत्वपूर्ण अंग अन्तर्गतको किड्नी खराब भएको अग्रिम जानकारी नहुने वा कुनै लक्षण नदेखिने भएकै कारण अधिकांश व्यक्तिहरु उक्त अंग बिग्रीएर अन्तिम अवस्थामा पुगेपछि मात्र जानकारी पाउँछन् । नियमित परीक्षण गर्ने बानी नभएकै कारण पनि नेपालीहरु दीर्घरोगका सिकार हुने गरेका छन् ।
‘रगतमा हुने चिनीको मात्राले मानव शरीरमा हुने मृगौलासँग प्रत्यक्ष सरोकार राख्छ ।’ हस्पिटलका यूरोलोजिष्ट डा. सन्तोष कुमार झाले भने, ‘अधिकांश चिनीरोगका बिरामीहरुलाई बिस्तारै मृगौलाको समस्या देखिने गरेको पाइन्छ । महत्वपूर्ण अंगहरु शुरक्षित राख्नका लागि शरीरमा हुने चिनीको मात्रालाई नियन्त्रणमा अनिवार्य आवश्यकता हुन्छ ।’ उनका अनुसार स्वस्थ्य व्यक्तिले प्रत्येक तीन महिनामा शरीरमा हुने चिनीको मात्रा र मृगौलाको परीक्षण नियमित गराउन आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्