इनरुवामा आगलागीबाट २२ लाख बराबरको क्षति

इनरुवामा आगलागीबाट २२ लाख बराबरको क्षति

सुनसरी, कार्तिक २७, सुनसरीको इनरुवा नगरपालिका-६ मधेसा बस्ने सुरेन्द्र कटुवालको घरमा सोमबार आगलागी भएको छ।
विहान ५ बजे विधुतको तार सर्ट भई अचानक लागेको आगोले उनको दुई तले घर, घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी २२ लाख बराबरको क्षति भएको बताइएको छ।
आगलागी दमकल, प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्