सुरक्षा चुनौती बढेको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले सचेत र सुरक्षित हुन आग्रह

सुरक्षा चुनौती बढेको भन्दै प्रमुख  निर्वाचन आयुक्त यादवले सचेत र सुरक्षित हुन आग्रह

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले अहिलेको अवस्थामा सुरक्षा चुनौती बढेको बताएका छन् ।काभ्रेको धुलिखेलमा दृष्टिविहीन नागरिकसँग भएको अन्तक्रियामा आयुक्त यादवले उमेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको भन्दै प्रमुख आयुक्त यादवले सचेत र सुरक्षित हुन आग्रह गरेका छन् ।

सुरक्षा निकायको मात्रै भर नपरी मतदाता आफै पनि सुरक्षित र सचेत रहन प्रमुख आयुक्त यादवले आग्रह गरे ।सोही कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीले पार्टीको झण्डा र प्रचारमा हिड्नु लाज्जास्पद भएको बताए । शिक्षक र निजामती कर्मचारीले दलपिच्छे झोला बोक्नु अशोभनीय भएको भन्दै यस्ता काम बन्द गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले सरकार जिम्मेवार नबन्दा फरक क्षमता भएका व्यक्तिहरुका लागि निर्वाचन आयोगले निर्वाचनमा सहभागि गराउन र निर्वाचना शिक्षाका लागि आवश्यक प्रविधि भित्र्याउन नसकिएको बताए ।प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूमाथि आक्रमण बढ्न थालेको छ ।
एमाले नेता तथा पूर्वमन्त्री शेरधन राईलाई लक्षित गर्दै भोजपुरमा आज बम विस्फोट गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्