मकवानपुरमा खुकुरी प्रहारबाट तीन जनाको हत्या

मकवानपुरमा खुकुरी प्रहारबाट तीन जनाको हत्या

मकवानपुर । (रासस) मकवानपुरमा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उनका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज्यान गएको हो ।

प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बराइलीको मानसिक सन्तुलन ठिक नभएको  र उनले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्