अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ

अख्तियारद्वारा  वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ । महानिर्देशक पाण्डेलाई पक्राउ गरिएको आयोगका सहप्रवक्ता खगेन्द्र रिजालले पुष्टि गरेका छन् ।

हिजोमात्रै अख्तियारको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घूससहित पक्राउ गरेको थियो ।यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका दुवै जनाले महानिर्देशक पाण्डेको नाम लिएपछि उनलार्इ पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्