बिराटनगरबाट लागूऔषधसहित २ जना पक्राउ

बिराटनगरबाट लागूऔषधसहित २ जना पक्राउ

मोरङ, मंसिर ०६,

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले मंगलबार साँझ लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ।

लागूऔषध सहित सोलुखुम्बुको सोताङ ७ घर भई हाल बिराटनगर १५ बस्दै आईरहेका २६ बर्षिय बिजय कार्की र मोरङ बेलबारी नगरपालिका ६ बस्ने २१ बर्षिय मनोज खवासलाई पक्राउ गरेको ब्यूरोले जनाएको छ।

साँझ ५ बजेको समयमा भारतको जोगवनीबाट बा ३४ प २६०९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाएर ल्याउँदै गरेको अबस्थामा लागूऔषध नाईट्राभेट-२२५ ट्याब्लेट फेलापारी बरामद गरेको हो।

लागूऔषधसहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको ब्युरो प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्