हल्लै हल्लामा आज बन्द , पुर्वमा पनि पर्यो प्रभाव !!

हल्लै हल्लामा आज बन्द , पुर्वमा पनि पर्यो प्रभाव !!

केहि साता देखि सामाजिक संजालमा "मङ्सिर ८ गते नेपाल बन्द" भनेर एउटा समाचार भाइरल भैरहेको थियो । त्यहि समाचारको भरमा आज (मङ्सिर ८ ) गते नेपाल बन्दको क्षणिक प्रवाभ परेको छ  । नेत्र बिक्रम चन्द नेतृतवको विप्लब माओवादीको आयोजनामा भनिएको बन्द आफ्नो पार्टीले नगरेको विप्लब माओवादीले प्रेस बिज्ञप्ति निकालेर   हिजो भनि सकेपनि आज पूर्वमा बन्दको प्रवाभ परेको छ ।

आज बिराटनगरका धेरै शैक्षिक सस्था  बन्द रहेका छन् भने बिराटनगरबाट छुट्ने सवारीसाधन पनि फाट्टफुट्ट चलेका छन्  । महेन्द्र राजमार्गमा पनि सिमित सवारीसाधन चलेको पुर्वमा हाल रहेका हाम्रा सहकर्मी प्रेम देवानले जानकारी दिएका छन् । बिराटनगर बजार भने आज खुल्ला नै रहेको छ  ।

हल्लै हल्लामा यसअघि पनि धेरै पटक बन्द भएको हामीले भोग्दै आएका छौ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्