धनकुटामा सुनीलबहादुर थापालाई लक्षित गरी बम विष्फोट

धनकुटामा सुनीलबहादुर थापालाई लक्षित गरी बम विष्फोट

उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उमेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट गराइएको छ । बम विस्फोट विप्लव नेतृत्वको नेकपा माओवादीले गराएको आशंका नेपाल प्रहरीले गरेको छ । निर्वाचनका लागी धनकुटा पुगेका थापालाई लक्षित गर्दै छिन्ताङ सहिद भूमि गाउँपालिकाको साप्तिङटार फक्सिङ नजिकै बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा प्रहरी प्रमुख एसपी सुदिप राजभण्डारीकाअनुसार विप्लवका कार्यकर्ताले खोला भएको एकान्त ठाउँ हेरी वट्टामा बारुद्ध राखेर पड्काएका थिए । मन्त्री थापा भने सकुशल भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्