बिराटनगरमा चिनीको पोकामा लागूऔषध ल्याउदै गर्दा एक पक्राउ

<span class='c1'>बिराटनगरमा चिनीको पोकामा  लागूऔषध</span> <span class='c2'>ल्याउदै गर्दा एक पक्राउ</span>

बिराटनगर , मंसिर ०८ , लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले बिहीबार अपरान्ह लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।बिशेष सुराकीको आधारमा सादा पोशाकमा खटिएको टोलीले बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सुनसरी बराह नगरपालिका ६ बस्ने २६ बर्षिय संदिप राईलाई लागूऔषधसहित पक्राउ गरेको हो।

अपरान्ह साढे ४ बजेको समयमा राईले भारतको जोगवनीबाट चिनीको पोका भित्र लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल र डाईजेल्याब ८ एम्पुल फेला पारी बरामद गरेको हो।लागूऔषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको ब्यूरो प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्