नेपालको बारेमा बुझ्न हेर्नैपर्ने तथ्यांकमुलक भिडियोहरू सार्वजनिक

नेपालको बारेमा बुझ्न हेर्नैपर्ने तथ्यांकमुलक भिडियोहरू सार्वजनिक

नेपालको आर्थिक र सामाजिक पक्षलाई तथ्यांकको मान्यमबाट अध्ययन गरेर तयार पारिएका भिडियोहरू सार्वजनिक भएका छन् । ती भिडियोहरूले उपलब्ध भएका तथ्यांकहरुमा आधारिभ भएर विभिन्न तर्कहरू प्रस्तुत गरेका छन् । नेपालको सामाजिक, आर्थिक र राजनैतिक पक्षहरूलाई तथ्यांकको माध्यमबाट देखाउने प्रयास गरिरहेको नेपाल इन डाटाले आफ्नो युट्युब च्यानलमार्फत ती भिडियोहरू सार्वजनिक गरेको हो ।
भिडियो १: नेपालमा गरिबी र असमानता
यो भिडियोले नेपालमा गरिबीको दर तलमाथि भइरहेको र त्यो सँगै असमानता बढिरहेको देखाएको छ। यसले भन्छ, नेपालमा गरिबीको रेखाभन्दा माथि दुई जना उक्लिँदा एक जना फेरी तल झर्ने देखिएको छ जसले गरिबी निवारणको हाम्रो प्रयास अस्थिर प्रकृतिको रहेको देखाउँछ । साथै यसले नेपालमा गरिबहरू बढिरहेका छन् र पहाडमा धेरै गरिब हुन्छन् भन्ने सोचाइ भ्रम हो भन्दै फरक यथार्थ देखाएको छ ।
थप बुझ्न भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?v=OEy3FsgSrmc&t=47s

भिडियो २: उद्योगमामा उर्जाको प्रयोग
यो भिडियोले हाम्रो देशमा इन्धन कसरी खपत भइरहेको छ र नेपालमा कुन इन्धन सबैभन्दा धेरै प्रयोग हुन्छन् भन्ने बारेमा प्रश्ट पारेको छ । हामीले सामान्यतया नेपालमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ खपत हुन्छ भन्ने सोच्छौ तर खासमा हामीले सबैभन्दा धेरै प्रयोग गर्ने इन्धन कोइला हो । यस्तै औद्योगिक कामको लागि बिजुली खपत बढ्दा लोडसेडिङ बढेको भन्ने हाम्रो बुझाइमा प्रश्न गर्दै यसले नँया यथार्थ देखाएको छ । कसरी त ?
जान्नलाई भिडियो हेर्नुहोस्: https://www.youtube.com/watch?v=NWajAV_o41I&t=91s

भिडियो ३: के आयात सधैँ नराम्रो हो त ?
यो भिडियोमा नेपालको लागि आयात नराम्रै हो कि यसको प्रकृति चाहिँ खराब हो भन्ने बारेमा प्रकाश पारिएको छ । भिडियोको तर्क छ खासमा आयात आफैमा नराम्रो हैन तर पुँजीगत बस्तुहरूको आयात बढी नहुनु चाहिँ नराम्रो हो । आयाताले मानिसलाई छनौटको अवसर दिन्छ र उद्योगहरूलाई सस्तोमा कच्चा पदार्थ प्राप्त गर्न सहयोग पुर्याउँछ । तपाईँ यो कुरामा सहमत हुनुहुन्छ त ?
बुझ्नलाई भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=grkYhAejRe4
उक्त भिडियो सार्वजनिक गर्ने विकास उद्यमीको www.nepalindata.com अभियानका सन्तोष गड्तौलाको अनुसार थप चारवटा तथ्यांकमुलक भिडियोहरू यसै महिना सार्वजनिक हुँदैछन् । ति भिडियोहरू नेपाल इन डाटाको युट्युब च्यानल https://www.youtube.com/channel/UCyh6JxX6AEW4EmPBQwonkuA/videos मा उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्