हिंसाको राजनीतिमा नउत्रन कम्युनिस्ट गठबन्धनका नेता र कार्यकर्तालाई कांग्रेसको आग्रह

<span class='c1'>हिंसाको राजनीतिमा नउत्रन कम्युनिस्ट गठबन्धनका</span> <span class='c2'>नेता र कार्यकर्तालाई कांग्रेसको आग्रह</span>

काठमाडौं । नेपाली काँग्रेसले निर्वाचनका समयमा लोकतान्त्रिक विधि, मूल्य मान्यता, संस्कार र संस्कृतिअनुरुप आफ्ना व्यवहार प्रदर्शन गर्न र हिंसाको राजनीतिमा नउत्रन कम्युनिस्ट गठबन्धनका नेता र तिनका कार्यकर्तासँग आग्रह गरेको छ ।

लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न पाउने अधिकारमाथि गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विभिन्न जिल्लामा काँग्रेसका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेको जनाउँदै यस्तो क्रियाकलाप नदोहर्याउन काँग्रेसले माग गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा नेकाका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गर्नेलाई कानूनको दायरामा ल्याउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिका अनुसार आज बिहान नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १ का नेकाका उम्मेदवार विष्णु लामिछाने चढ्नुभएको सवारी साधनलाई लक्षित गरी हुप्सकोट गाउँपालिका वडा नं ५ गोजापोखरी नजिक कम्युनिस्ट गठबन्धनका कार्यकर्ताले बम प्रहार गरेको जनाइएको छ ।

साथै ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका वडा नं ३ का नेका चुनाव प्रचारप्रसार समितिका संयोजक राजकुमार ढुंगानालगायत अन्यलाई गएराति कम्युनिस्ट गठबन्धनका कार्यकर्ताले सांघातिक आक्रमण गरेका विज्ञप्तिमा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्