शिक्षादिप कलेजमा उत्प्रेरणामुलक कार्यक्रम

शिक्षादिप कलेजमा उत्प्रेरणामुलक कार्यक्रम

विराटनगर, ११ मंसिर । विराटनगर–९मा रहेको शिक्षादिप कलेजले उत्प्रेरणामुलक कार्यक्रम गरेको छ।
कलेज परिसरमा सोमबार विद्यार्थीहरुलाई अन्तराष्ट्रिय उत्प्रेरक भारतका विकाश कोठारी र विराटनगरकी उत्प्रेरक ज्योति कोठारीले उत्प्रेरणा जोगाउने उपयाको बारेमा जानकारी दिएका छन् ।
विद्याथीहरुले अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याएर सफलता हात पार्न सकिने देखि उत्प्रेरक मुलक जानकारी दिएको कलेज प्राचार्य ज्ञानबहादुर खडकाले जानकारी दिए । कलेज अध्ययरत कक्षा ११ र कक्षा १२ का गरी ५ सय जना अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो । कलेजले यसअघि विभिन्न क्षेत्रमा प्रख्यात व्यक्तिहरुबाट विभिन्न प्रशिक्षण दिदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्