बाम गठबन्धका कारण देश खतरामा: प्रधानमन्त्री

बाम गठबन्धका कारण देश खतरामा: प्रधानमन्त्री

तेह्रथुम ११ मंसिर / प्रधानमन्त्रि तथा नेपाली काग्रेस सभापति सेर बहादुर देउबाले बाम गठबन्धनका कारण देश खतरामा पुगेको बताएका छन् ।
नेपाली काग्रेस तेह्रथुमले सदरमुकाम म्याङलुङमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै देशमा बाम गठबन्धनको सरकार बने लोकतन्त्रनै खतरा हुने समेत बताएका छन् । उनले बिश्वबाट नै लोप हुदै गएको कम्युनिष्ठ अधिनायकबाद नेपालमा गठबन्धनको नाममा जन्माउन खोजेको भन्दै काग्रेसले यसलाई असफल बनाउने समेत दाबी गरेका छन् ।जिल्ला स्तरिय आमसभालाई सम्बोधन गर्न हेलिकप्टरबाट तेह्रथुमको म्याङलुङ पुगेका प्रधानमन्त्रिको भाषण सुन्न गाउँ गाउबाट मतलदाताहरु सदरमुकाम आएका थिए । यस अघि युवानेता गगन थापा समेत सभामा आउने भनिए पनि युवा नेता थापा नआए पछि युवाहरु निराश भएका थिए । यस अघि दुई पटक समानुपातिक सभाषद भैसकेका भौतिक पुर्बाधार तथा यातायात राज्य मन्त्रि सिता गुरुङ प्रतिनिधी सभाको प्रत्यक्ष उमेरद्धार भए पछि उनलाई जिताउनका लागि जिल्लाबासीहरु संग बरिष्ठ नेता राम चन्द्र पौडेल समेत सभामा सहभागी भएका थिए ।उनले बाम गठबन्धनले एक दलिय शासन ल्याउन खोजेकाले सबै अधिकार सुरक्षाका लागि लोकतान्त्रीक गठबन्धनका उमेरद्धारलाई जिताउनु पर्ने धारणा राखेका छन् । यस्तै प्रदेशसभामा क निर्बाचन क्षेत्रमा जिल्ला सभापति गोबिन्द ढुंगाना र ख निर्बाचन क्षेत्रमा प्याब्सनका केन्द्रिय अध्यक्ष बिजय सम्बाहाङफेको उमेरद्धार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्