बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन

<span class='c1'>बाजुरामा मतदान</span> <span class='c2'>अधिकृत सम्पर्कविहीन</span>

बाजुरा (रासस) । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन रहेका गिरी प्रधानमन्त्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन् । गिरी मदिरा सेवन गर्ने भएकाले उनी कतै होटलमा बसेर मदिरा खाएर  बसेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । सम्पर्कविहीन रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उनी सम्पर्कविहीन भएको उनका सहयोगी कर्मचारीले बताएका छन् ।

गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर अलपत्ररुपमा मतपेटिका राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्