बिराटनगरबाट साढे ४ लाख रकमसहित भारतीय पक्राउ

<span class='c1'>बिराटनगरबाट साढे ४ लाख</span> <span class='c2'>रकमसहित भारतीय पक्राउ</span>

मोरङ, मंसिर १२,प्रहरीले बिराटनगर महानगरपालिका १५ स्थित रामजानकी चौकबाट सोमबार बिहान साढे ४ लाख रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारत अररीया रामपुर ४ बस्ने अब्दुल सतार अन्सारीको २२ बर्षिय छोरा मोहमद जब्बार अन्सारीलाई पक्राउ गरेको हो।

बिहान ७ बजेको समयमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अबस्थामा अन्सारीलाई शंकालागी चेकजाँच गर्ने क्रममा २ हजार र ५ सय दरका भारतीय रुपैँया जम्मा ४ लाख ५० हजार फेलापारी बरामद गरेको हो।

बरामद रकम सहित अन्सारीलाई इलाका प्रहरी कार्यालय रानीमा राखी अनुसन्धान पश्चात मंगलबार आबश्यक कार्वाहीकोलागी राजश्व अनुसन्धान बिभाग पुल्चोक ललितपुर पठाईने इलाका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्