हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।
हुम्लाबाट सुर्खेत उड्न लागेको उक्त विमान टेकअफ गर्ने क्रममा जहाजमा समस्या आएपछि दुर्घटनामा परेको एआईजी रणबहादुर चन्दले जानकारी दिए ।उनकाअनुसार उड्नै लागेको विमान दुर्घटनामा परेको थियो । विमानमा सबै चुनावको सुरक्षामा गएका प्रहरी रहेको उनले बताए । उनकाअनुसार त्यसमा १३ जना प्रहरी र ३ जना चालक दलका सदस्य थिए ।
उनले उद्धारका लागि नेपाली सेनाको जहाज र मेडिकल टोली त्यहाँ पुगिसकेको बताए । दुर्घटना बिहान ९ बजेर ५० मिनेटमा भएको थियो ।
तस्बिर: जय बोहोराको फेसबुकबाट