मतदान अधिकृत बीच बाटोबाटै सम्पर्कविहिन, मतपेटिका अलपत्र

<span class='c1'>मतदान अधिकृत बीच बाटोबाटै</span> <span class='c2'>सम्पर्कविहिन, मतपेटिका अलपत्र</span>

काठमान्डौ १२ मंसिर । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी सोमबारदेखि सम्पर्क्विहीन भएका छन् ।

बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा उनी बीच बाटोबाटै सम्पर्क विहीन भएका हुन् । सम्पर्क विहीन रहेका गिरी प्रधानमन्त्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन् । प्रहरीले सम्पर्कविहीन गिरीको खोजी कार्य जारी राखे पनि फेला पार्न सकेको छैन ।
गिरी मदिराको कुलतमा फसेकाले मदिरा खाएर कतै बसेको हुन सक्ने अनुमान प्रहरीको छ । पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि सम्पर्कविहीन भएको उनका सहयोगी कर्मचारीले बताएका छन् । गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर अलपत्ररुपमा मतपेटिका राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्